२७ भदौ २०८३, शनिबार | September 12, 2026

एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनमा राज्यशक्तिको दुरुपयोग र अन्तर्घात



काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ ।

बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार र सत्तारुढ दलबाट भएको राज्यशक्तिको दुरुपयोग र आफ्नै नेताहरुको अन्तर्घातका कारण अपेक्षित परीणाम आउन नसकेको उल्लेख छ ।

उक्त बैठकमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ४३ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी