९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनमा राज्यशक्तिको दुरुपयोग र अन्तर्घात



काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ ।

बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार र सत्तारुढ दलबाट भएको राज्यशक्तिको दुरुपयोग र आफ्नै नेताहरुको अन्तर्घातका कारण अपेक्षित परीणाम आउन नसकेको उल्लेख छ ।

उक्त बैठकमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ४३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना