२७ भदौ २०८३, शनिबार | September 12, 2026

चुनावबारे ओलीको समीक्षा – पार्टीभित्रका सकुनीहरुका कारण धेरै पालिकामा हार्‍यौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाए ।

‘हामी निराश हुनुपर्ने स्थिती छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं,’ अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरु निस्कीए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’

स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उनले एमालेको स्थिती कमजोर नभएको दाबी गरे । पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए ।

‘तपाईँहरु पार्टीको कार्यकर्ता हो । तपाईँहरुको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान कार्यकर्ता भएर देखाउनोस्,’ उनले भने ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ५८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित