काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान सम्पन्न अन्तिम दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले आ–आफ्नो क्वाटरफाइनल खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। अब दोस्रो सेमिफाइनलमा यी दुई पूर्वविश्व विजेता आमनेसामने हुनेछन्। इंग्ल्यान्डले नर्वेविरुद्ध एक गोलले पछि परेको अवस्था…