काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् । नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी…