नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । जुमा स्पोर्टस क्लव, नेपालगन्जको आठौ स्थापना दिवसको अवसरमा क्लवले व्यवसायी र पत्रकारका बीच फुटसल आयोजना गरेको हो । न्यूरोडस्थित नेपालगन्ज फुटसलमा बिहान खेलिएको खेल बराबर गोल गरेर टुंगिएको छ । खेलमा पत्रकार टीमले खेल प्रारम्भ देखि नै व्यवसायीको टिमलाई दवावमा राखेको…