काठमाडौं । जिउँदै इट्टाभट्टामा मान्छे पोल्ने अभियोगमा जेलमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्चअदालतको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले गरेको उक्त फैसलामाथि असन्तुष्टि जनाउँदै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो। फैसलामा देखिएको गम्भीर त्रुटि र प्रमाणको समुचित मूल्यांकन नगरेको विषयमा प्रश्न उठेका कारण…