काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्। काभ्रेको पाँचखालमा वाईसीएल नेपालको दोस्रो नगर सम्मेलन बिहीबार उद्घाटन सम्बोधन गर्दै प्रचण्डले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको बताए । उनले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताउँदै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण…