काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते विस्तार गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो । बिहान ११ बजेबाट बस्ने बैठकमा समसामयिक राजनीतिक प्रस्ताव, नेताहरुको कार्यविभाजन, कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ…