काठमाडौं । दार्चुलाको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टरको अनधिकृत उडानको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंका आरआर क्याम्पसअगाडि मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी…