वीरगन्ज । उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेलले मुलुक फेरि ताजा जनादेशतर्फ जाने बताएका छन् । वीरगन्जमा प्रेस संगठनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले संसदले सहज निकास नदिए ताजा जनादेशको विकल्प नभएको बताएका हुन् । पोखरेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने र लिन नसकेको खण्डमा अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास हुने बताए ।…