विराटनगर । नेकपा ओली पक्षको जनसभा भएको नजिकै नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन गरेका छन् । जनसभालाई सम्बोधन गर्न ओली विराटनगरमा पुगेलगत्तै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ओली सवार सडक अगाडि पुगेर प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूका नेता वासिम आलमसहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै ओली सरकार विरुद्ध नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको…