काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनस्र्थापन गर्ने षड्यन्त्रको सुरुवात भएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित प्र्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजतन्त्र स्थापनाको प्रयासलाई हर हालतमा रोक्नुपर्ने बताए । प्रचण्डले संसद विघटन गर्न ओलीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गरे ।…