काठमाडौं । कारागार र हिरासतमा रहेका बन्दीहरुलाई रिहा गर्ने सहमती भएको २ दिन पुग्दा पनि रिहा नभएका विप्लव नेतृत्वका नेकपाका नेता हेमन्तप्रकाश ओली 'सुदर्शन'लाई भेटन नेत्रविक्रम चन्द विप्लव आफै नख्खु कारगार पुगेका छन् । बिहिबार सहमती भएर शुक्रबार हस्ताक्षर भएको सहमतीमा थुनामा रहेका सबैलाई थुनामुक्त गर्ने उल्लेख गरिएपनि नेता ओलीलाई भने सरकारले रिहा गरेको छैन…