१२ बैशाख २०८१, बुधबार | April 24, 2024

थुनामुक्त गर्ने सहमति भएको दुई दिनमा पनि रिहा नभएपछि ‘सुदर्शन’ भेट्न नख्खु कारागार पुगे विप्लव



काठमाडौं । कारागार र हिरासतमा रहेका बन्दीहरुलाई रिहा गर्ने सहमती भएको २ दिन पुग्दा पनि रिहा नभएका विप्लव नेतृत्वका नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटन नेत्रविक्रम चन्द विप्लव आफै नख्खु कारगार पुगेका छन् ।

बिहिबार सहमती भएर शुक्रबार हस्ताक्षर भएको सहमतीमा थुनामा रहेका सबैलाई थुनामुक्त गर्ने उल्लेख गरिएपनि नेता ओलीलाई भने सरकारले रिहा गरेको छैन । ओलीकै प्रकृतिको मुद्दामा काभ्रेभा थुनामा रहेका धर्मेन्द्र वास्तोलालाई भने शुक्रबार बिहानै सरकारले थुनामुक्त गरेको थियो । थुना मुक्त नभएपनि सो पार्टीका महासचिव विप्लव ओलीलाई भेट्न नख्खु कारागार नै पुगेका हुन् ।

ओलीलाई भेट्न महासचिव विप्लव सहित वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने नख्खु कारागार पुगेका थिए ।

उनीहरुले कारागारमा रहेका विप्लव समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेको बताईएको छ । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  २ : ५० बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना