१४ असार २०८३, आइतबार | June 29, 2026

संसद विघटनविरुद्ध सडक र कानुनी दुवै लडाईं जारी राखिने : वर्षमान पुन

रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको खुलासा गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए । ‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको…