काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक आह्वान गरेका छन् । चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नहुँदो अवस्थामा राष्ट्रपतिले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसमेत सहभागी हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।…