काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्…