काठमाडौं । मुद्दा मिलाउन घुस लेनदेनको विषयमा वकिल र न्यायाधीसबीचको सम्वाद् बाहिरिएपछि न्यायपरिष्दको आकस्मिक बैठक बोलाइएको छ । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो । कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै…