काठमाडौं । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्ष, आबद्ध कम्पनीहरुका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुख लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज…