काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट समग्रमा उत्साहजनक भएको उनीहरूको टिप्पणी छ । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गरे । उनले भने, “अर्थमन्त्रीले सबैतिर छुट दिने कुरा गर्नुभएको छ, अनुदान…