२ पुस २०८२, बुधबार | December 18, 2025

त्रिदेशीय टी–२० श्रृंखला : ५ ओभरभित्रै हङकङको ४ विकेट पतन, करणले लिए ३ विकेट

त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्ध नेपालले पहिलो बलबाटै उत्कृष्ट सुरूवात गरेको छ। ५ ओभर सकिँदासम्म नेपालले ४ विकेट लिइसकेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि पहिलो बलमै करण केसीले हङकङका कप्तान निजाकत खानलाई आउट । करणले अहिलेसम्म तीन विकेट चड्काइसकेका छन् । यस्तै एक विकेट सोमपाल कामीले लिएका छन् ।