काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित…