काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह 'एफ'काे खेलमा जर्मनीले पोर्चुगलमाथि सानदार जित हात पारेको छ । म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४(२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल…