बुटवल । अखिल नेपाल फुटबल संघको आयोजनामा ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा झरना स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेको छ । सनराईज स्पोर्ट्स भलबारीमा विहिबार भएको उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लब रुपन्देही विजयी भएको छ । झरनाले आरके एफसीलाई ९–६ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो…