काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ४ को व्यवस्थालाई पालना नगरी धारा ७६(५) अनुसार वैकल्पिक सरकारका लागि आह्वान गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो । सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको आकस्मिक बैठकमा वैकल्पिक सरकारको गठनको अवस्था, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि…