काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समुह निकट जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेल चाक्सिबारीमा शनिबार बिहान वरिष्ठ नेता पौडेल लगायतका नेताले जिल्ला सभापतिसँग छलफल गरेका हुन् । बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएको निस्कर्ष निकाल्दै अब सबै पाटीं पंक्तिलाई महाधिवेशनमा केन्द्रित गर्ने…