काठमाडौं । सत्ता समिकरणको जोडघटाउ चलिरहेको समयमा नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। आजै दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । पदाधिकारी बैठक लगत्तै कांग्रेससँग छलफल गर्न जनता समाजवादी पार्टी जसपाका नेताहरु…