काठमाडौं । पार्टीभित्रको आन्तरिक शक्ति संघर्षले थला परेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । पार्टीभित्र देखा परेको शिर्ष नेताहरुबीचको शक्तिसंघर्षलाई सचिवालय बैठकले कसरी अवतरण गर्ला या पार्टी विनासको बाटो कोर्ला भन्ने चासो बढिरहेको छ । नेकपाको आज बस्दै गरेको सचिवालय बैठकलाई नेकपाका नेता, कार्यकर्ताहरु लगायत सबै पक्षले व्यग्रतापूर्वक प्रतिक्षा…