चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन । चितवनमा सोमबार पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । महाधिवेशन अब सर्न नसक्ने भन्दै भण्डारीले पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ…