काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले परीक्षणसूचीमा समेटिनुपर्ने विषयमा समिति सदस्य सांसदको रायसुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिएको हो । समितिका सभापति तारादेवी भट्टले परीक्षण सूचीलाई सर्वसम्मतिले पारित गरेको घोषणा…