हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजीनामा स्वीकृत गर्दै बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम मुख्यमन्त्री बानियाँले…