११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।