२८ असार २०८३, आइतबार | July 12, 2026

एमालेको झण्डा जलाएको विषयमा रास्वपालाई आयोगको २४ घण्टे स्पष्टीकरण माग, थप दुई पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको घटनाप्रति निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी भएको विषयलाई लिएर आयोगले रास्वपाका सभापतिका नाममा पत्राचार गरेको हो। कानुन अधिकृत मोहनराज जोशीको हस्ताक्षर रहेको पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको इमेलमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्देशन…