काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका छन् । पार्टीभित्र विकसित भएको परिस्थितिबारे देउवाले पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि उनले आफ्नै निवास महाराजगंजमा दिउँसो २ बजे पदाधिकारीहरुलाई आमन्त्रण गरेका छन् । तर, छलफलमा संस्थापनइतर पक्षका पदाधिकारीलाई बोलाइएको छैन । संस्थापन इतर महामन्त्रीद्वयको समुहले…