विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावलाई साम्य पार्दै शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। आइतबार रातिको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लाको अवस्था थप जटिल बन्न नदिन सबै पक्ष संयमित र जिम्मेवार ढंगले…