काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि संकल्प लिन आह्वान गरेका छन् । नेकपाको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको आवश्यकता भएको उल्लेख गरेका छन्…