काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन्। आफ्नो पक्षमा सर्वोच्च अदालतको फैसला आएपछि सभापति थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उक्त फैसलाले पार्टीलाई पुनः बलियो बनाउने साझा यात्रातर्फ अघि बढ्ने वातावरण तयार गरेको उल्लेख गरेका हुन्। थापाले यो विषयलाई व्यक्तिगत जित–हारको रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको…