काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका लागि उपस्थित भएका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री शाह आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रवेश गरेका थिए । तर, संसद बैठक चलिरहेकै बेला उनीहरू सभामुखको आसन र बोलिरहेका सांसदबीचको स्थानबाट प्रवेश गरेपछि नेकपा (एमाले)ले नियम उल्लंघन भएको भन्दै नियमापत्ति जनाएको छ…