३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सर्वदलीय बैठकमा दलहरुको भिन्दाभिन्दै धारणा

काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा बोलाएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार…