काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) नेतृत्वको नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा विलय भएपछि केही नेताहरू पुनः नेकपा (एमाले)मा फर्किने भएका छन् । समाजवादी पार्टी छोडेकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा पुनः प्रवेश गर्ने तयारीमा छन् । त्यसका लागि झाँक्री र श्रेष्ठले…