नेपालगन्ज । नेपालगन्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५२ वर्षिय जागीरअलि बेहना रहेका छन् । खसीबोकोको मोलमोलाईका क्रममा बिबाद बढ्दैजाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारकै नातेदार रहेका सालाभेनाबीच मोलमोलाईमा…