काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा (माओवादी केन्द्र) लगायत दलहरू सम्मिलित समाजवादी मोर्चाबाट बाहिरिएको घोषणा गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको समाजवादी मोर्चा वर्तमान राजनीतिक परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी…