काठमाडौं । देशभरिका आधा दर्जन सहकारी ठगेर फरार भएका गितेन्द्रबाबु (जिबी) राईका पार्टनर रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन् । चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन् । जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछानेसमेत जोडिएका छन् र उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको…