लण्डन । विज्ञहरुले कोरोना भाइरस विरुद्धको लडाईंमा सरकार असफल जस्तै देखिएको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा सहभागी विज्ञहरुले सरकारले प्रकोप न्यूनिकरणका लागि पूर्वतयारी नगर्दा होपलेस देखिएको टिप्पणी गरेका हुन् । उनीहरुले काठमाडौंमा आईसीयू बेड पाउने अवस्था सकिएको भन्दै सरकारले सही कदम चाल्न नसकेको जिकिर गरे ।…