काठमाडौं । चीनले दिएको आठ लाख डोज कोरोना खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले ट्वीट गर्दै चिनियाँ खोप नेपाल आउने क्रममा रहेको जनाएकी छिन् । राजदूत यान्छीले चीन सरकारको सहयोग अनुदानमा प्राप्त खोप बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा पुगिसकेको जानकारी गराएकी छिन् । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले…