काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । आइतबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा अनलाइन भोटिङको आधारमा उनी विजेता घोषित भइन् । २० वर्षीया गंगा सोनाम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरेकी निवासी हुन् । उनी पिता ध्रुव सोनाम र आमा सीता सोनामकी कान्छी सन्तान हुन् । गंगाले गाउँकै…