बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा यसअघि ज्येष्ठ नागरिकले पुर्खौली नाच जोगाउँदै आएका थिए। पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका युवापुस्ता यसको संरक्षण र प्रवर्द्धनमा जुटेका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका(७ चिमखोलाका १३ वर्षीय अमनपराइ पुन पुर्खौली नाचमा सहभागी हुन थालेका छन् । चिमखोलास्थित अमर माविमा कक्षा ७…