६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रपतिबाट शम्भुजित बाँस्कोटादेखि सनम कठायतसम्म सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्रष्टा सम्मानीत भएका छन् । रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा नेपाली गीत संगीतमा  योगदान पुर्‍याएका स्रष्टाहरुलाई राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो । वरिष्ठ संगीतकार/गायक शम्भुजीत बाँस्कोटा, गायक/संगीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ, मोडल सनम कडायतलाई सम्मान गरिएको हो । मोडल कठायत राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका हुन् ।