काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकृटीमण्डमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका केन्द्रीय नेताहरु, महाधिवेशन प्रतिनिधिहरु, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सहित सर्वसाधारणको उपस्थिति रहेको छ । कार्यक्रमको उद्घाटन सत्रलाई प्रवक्ता विश्वप्रकाश शर्माले संचालन गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् । उद्घाटनसत्रमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना…