३० भदौ २०८३, मंगलबार | September 15, 2026

यूएईस्थित नेपाली दूतावासको आग्रह- अत्यावश्यक नभएसम्म कन्सुलर सेवा लिन नआउनुस्

काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म कन्सुलर सेवा लिन दूतावास वा महावाणिज्यदूतावास नआउन यूएईमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । दूतावासले फागुन १८ देखि २० गतेसम्म नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्यदूतावास दुबईबाट प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा लगायत कन्सुलर सेवाहरू अत्यावश्यक परेमा मात्र लिन आउन अनुरोध गरेको हो…